प्रफुल्ल घिमिरे

फागुन १३ गते अहिंसावादी नेता महेन्द्र नारायण निधि को १०४ औं जन्म जयन्ती । हिजो धनुषा जिल्लाको जनकपुर धाममा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा डा। शशांक कोइरालाको प्रमुख अथितिमा नेपाली काँग्रेस धनुषाले र राष्ट्रपति भवन शितल निवासको सभा हलमा सम्मननिय राष्ट्रियपति श्री राम चन्द्र् पौडेलज्युको प्रमुख आथित्यमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान काठमाडौले जन्म जयन्ती भव्यताको साथ सम्पन्न गरे्को छ।
महेन्द्र नारायण निधिजीको १०४ औ जन्म जयन्तीको अवसरमा राष्ट्रपति भवन, शीतल निवास ,काठमाडौमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान द्वारा २०८१ फागुन १३ गते मंगलबार आयोजित ू सम्मान तथा पुरस्कार वितरण समारोह ू मा महोत्तरीका नेपाली काँग्रेसका नेता नरेन्द्र प्रसाद मिश्रालाई महेन्द्र नारायण निधि र शमा शाहीलाई प्रेम सागरी देवि निधि राष्ट्रिय पुरस्कार सम्माननिय राष्टपति श्री रामचन्द्र पौडेलज्युको करकमलबाट प्रदान गरि सम्मान गरियो । यी दुबै आयोजित कार्याक्रमा मनतव्यको क्रममा मनत्वय दिदैं निधिजीका मार्ग निर्देशन आदर्श भावलाई आत्मसात गर्न सके वर्तमान परिवेशका धेरै समस्याहरु समाधन हुने बिचारहरु वक्त्ता हरुले व्यक्त गरे। विचारहरु जे जस्ता आए पनि हामीले वहाँको आदर्शलाई कतिको अनुशरन गर्यौ र गरिरहेका छौ एक पटक वहाँको अनुयायीहरुले आफैले आफैलाई मुल्यांकन गर्नुपर्ने बेला आएको छ।

फागुन १३ गते अहिंसावादी नेता महेन्द्र नारायण निधिको १०४औं जन्मोत्सव नेपाली काँग्रेस धनुषाले महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा भव्यताका साथ मनायो। बिधि , बिधान , नीति, निर्देशन , अनुशासनको धज्जी उडाउने सामर्थ्यबान नेतृत्व एवं कार्यकर्ताहरुको बिगबिगी रहेको काँग्रेसिहरुमा विधि बिधान , अनुशासन एवं आदर्श प्रति निष्ठावान रहेका आदर्श पुरुष महेन्द्र नारायण निधिको यस जन्मोत्सवको अवसरमा केही गुण मात्र अम्ल गर्ने प्रण गरे यिनका प्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिनेछ ।
अतस् यी आदर्श पुरुष प्रति पुष्परुपि केही शब्दहरुद्वारा भावपूर्ण श्रद्धाञ्जली १
नेपाली लोकतान्त्रिक आन्दोलनका एक युग पुरुष । धैर्य , संयम , समर्पण , नैतिक आदर्श र निष्ठाका असाधरण मानव । जल्ले लोकतन्त्रका लागि राणाकालिण निरकुंश जहाँनिया शाशनको विरुद्धमा शशस्त्र क्रान्ति देखि लिएर पञ्चायती निरंकुश तानाशाही शासन ब्यबस्थाका विरुद्धमा अहिंसावादी आन्दोलनको मार्गबाट मुलुकमा लोकतन्त्र ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरे । इमानदारीता, प्रतिबद्धता , त्याग , समर्पण एंव सादगिका प्रतिमुर्ति नेपाली लोकतान्त्रिक संघर्ष ईतिहासका एक अथक योद्धा निधिको लोकतन्त्र प्रतिको आस्था बिचार र सिद्धान्तले गर्दा नाउँको मात्र निधि नभएर लोककतन्त्रकै निधि बन्न पुगेका एक अथक योद्धा महेन्द्र नारायण निधि प्रति हार्दिक श्रद्धा सुमन ।
२०८० असोज ८ गते नेपालका सम्मानिय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युद्वारा २३ वर्ष देखि विभिन्न आरोह अवरोधहरु खेप्दै निर्माण कार्य सम्पन्न गरिएको महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रको सभा हल जनकपुर धाम उप महानगर पालिकाद्वारा नागरिक अभिनन्दन गरेर शुभारम्भ भएको छ।
२०५७ साल बैशाख सम्भवत २१ गते का दिन गाँधिवादी नेता महेन्द्र नारायण निधिज्यूका अर्द्धाङणी प्रेमसागरि देवी निधिज्यूद्वारा महेन्द्र नारायण निधि एवं कृष्ण प्रसाद् कोइराला मिथिला साँस्कृतिक केन्द्रको शिलान्यास गरिएको थियो। नेपाल सरकारले छुट्टाएको रकमलाई कट्टा गरेर कृष्ण प्रसाद कोइरालाको नाउमा बिराटनगरमा छुट्टै सभा हल निर्माण गर्ने निर्णय गर्यो। कृष्ण प्रसाद कोइरालाको नाउमा रहेको प्रतिष्ठान बिना अवरोध , बिना बजेटको अभावमा निकै वर्ष पहिला नै कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। तर महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक प्रतिष्ठानले निकै अवरोध तथा बजेटको अभावमा बल्ल २३ वर्ष पछि आएर कार्य सम्पन्नता गरे पश्चात् उक्त सभा हलको नेपालका राष्ट्रपतिको अभिनन्दन कार्यक्रमद्वारा शुभारम्भ भएको हो।
प्रारम्भिक चरणमा लगभग १० लाख रकम छुट्टाइ नेपाल सरकारका एनसिसिएन कम्पनीलाई कामको जिम्मेवारी दिइएको थियो। यसवेला शहरी विकास डिभिजन कार्यालय का प्रमुख जगदीश साह थिए। पछि उक्त कम्पनी ठेक्कदारले हर्जानाको दावी गर्दा विवाद उत्पन्न भएर उक्त कार्य शहरी विकास डिभिजनको मातहत रहन गयो । यतिबेला जलेश्वरबाट सरुवा भएर आएका उक्त कार्यलयका प्रमुख सम्म्पत घिमिरेको विशेष पहलमा बहु वर्षिय योजना अन्तरगत लगभग साढे सात करोड ठेक्का लाग्यो। तर रकमहरु अप्रयाप्त गरेर बर्षे पिछ्छे आउँदा कामहरू पनि टुक्राटुक्रा मा हुन थाल्यो। साँस्कृतिक केन्द्रको निर्माण कार्यकालागि यस समयमा रहेका विभिन्न सरकारहरुको सोच सकारात्मक भएन । यी कुरा २३ वर्ष पछी कार्य सम्पन्नता भएको कुराले नै पुष्टि गर्दछ। वर्षै पिछे कम रकम विनियोजन गर्नुले समयमा नै कार्य सप्पन्न गर्न तर्फ रुचि नदेखिएको कुरा यति वर्ष पछि महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्र शुभारम्भ हुनुले नै छर्लङ्ग छ । लोकतान्त्रिक आन्दोलनका एउटा स्तम्भ अहिंसावादी गान्धीवादी नेताको नांउमा रहेको मिथिला साँस्कृतिक केन्द्रको शुभारम्व हुन लगभग २३ वर्ष लाग्यो भने अरु योजनाहरुको के हविगत होला सोचनिय विषय हो । खैर
नेपाली लोकतान्त्रिक आन्दोलनका एक युग पुरुष । धैर्य ,संयम ,समर्पण , नैतिक आदर्श र निष्ठाका असाधरण मानव । जल्ले लोकतन्त्रका लागि राणाकालिण निरकुंश जहाँनिया शाशनको विरुद्धमा शशस्त्र क्रान्ति देखि लिएर पञ्चायती निरंकुश तानाशाही शासन ब्यबस्थाका विरुद्धमा अहिंसावादी आन्दोलनको मार्गबाट मुलुकमा लोकतन्त्र ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरे । इमानदारीजता, प्रतिबद्धता ,त्याग , समर्पण एंव सादगिका प्रतिमुर्ति नेपाली लोकतान्त्रिक संघर्ष ईतिहासका एक अथक योद्धा निधिको लोकतन्त्र प्रतिको आस्था बिचार र सिद्धान्तले गर्दा नाउँको मात्र निधि नभएर लोककतन्त्रकै निधि बन्न पुगेका एक अथक योद्धा महेन्द्र नारायण निधिको नाउँमा रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको निर्माण कार्य सम्पन्न भइ वर्तमान सरकारको समयावधिमा नेपालका राष्ट्रपति सम्मानिय श्री राम चन्द्र पौडेलज्यूलाई उक्त केन्द्रका सभा हलमा अभिनन्दन गरेर शुभारम्भ गरिनु सुखद एवं स्वागत योग्य नै रहयो
बि।स। २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीति शुरूवात गरेका यिनले जिवनका अन्तिम क्षण ९२०५६ बैशाख २० गते० सम्म आफ्ना मुल्य मान्यतामा दृढ रहि लोकतन्त्रका लागि निष्ठा पुर्वक सम्पुर्ण जीवनलाई समर्पण गरे।
२००७ सालको स(शस्त्र क्रान्ति देखी लिएर निरन्तर रूपमा लोकातन्त्र प्राप्तिका संघर्षमा होमिएका निधि गान्धीको बिचारबाट प्रेरित भएर बि। स। २०१८ साल देखि अहिसावादी आन्दोलनको नेतृत्व गर्दै आफ्नै बिचार र अडानका साथ २०४६ सालको शान्ति पुर्ण जन आन्दोलन सम्म आईपुग्दा महत्वपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए।
अहिंसावादी आन्दोलनको माध्यमबाट हिमाल ,पहाड ,तराई मधेसका सम्पुर्ण नेपाली जनतालाई अधिकार सम्पन्न नेपाली नागरिक बनाउने राजनीतिको अलावा उनको न त कुनै अकांक्षा थियो न त कुनै सपना । पाँच दशक भन्दा ज्यादा समय सम्म राजनीतिमा लागेका निधि जीवनका अन्तिम क्षण सम्म राष्ट्रियता,प्रजातन्त्र ,र समाजवादलाई कार्यन्वयन गराउने अहिंसावादी आन्दोलनका पक्षधर राष्ट्रवादी, देशभक्त ,कर्मबिर योद्धा थिए। अहिंसाबादी प्रिय बन्न पुगेका निधि जिवनको एउटा स्थापित मान्यता हुन।
जब इतिहासले आफ्नो पानामा सुनौलो अक्षरले महेन्द्र नारायण निधिलाई उल्लेख गर्नेछ तब उनका हरेक गतिविधिलाई राष्ट्रियता, राष्ट्रभक्तिको अनुपम उदाहरण मानेर अहिंसाबादी आन्दोलनको ब्याख्या गर्नेछ । उनले उठाएका बिषय नागरिकताको समस्या होस चाहे समानता पुर्ण गर्नुपर्ने बिकास निर्माण को। या फेरि मित्र राष्ट्र भारतको साथ मित्रताको सम्बन्धमा होस वा विभेद पुर्ण रहेका मुलुकका नागरिकलाई राष्ट्रसंग मुल प्रवाहमा जोडने बिषयमा यिनी स्पष्ट थिए।
बहुभाषिक , बहु संस्कृति र भौगोलिक विविधताले सम्पन्न नेपाल तब सम्म पूर्ण नेपालको रुपमा परिभाषित हुन सक्दैन जब सम्म हिमाल ,पहाड ,तराई मधेस लगायत विभिन्न उपेक्षित क्षेत्रलाई नेपाल मानिदैन। तराई मधेस ,पहाड र हिमालको अस्तित्व बिना नेपालको राष्ट्रिय एकता बलियो हुन सक्दैन भन्ने उनको स्पष्ट धारणा थियो ।
मुलुकको अत्यन्त संबेदनसिल एंव उपेक्षित क्षेत्रहरुको असन्तुष्टि आक्रोश एंव बिद्रोहको भावना उनको नेतृत्वको परिपक्क सक्षमता ले गर्दा गलत मार्गमा डोरिएका थिएनन् ।
उनले जति पनि आफ्ना बिचारहरु प्रस्तुत गरे राष्ट्रिय मुद्दाहरु राखे त्यो सबै राष्ट्रियता, लोकतन्त्र , समाजवादको मार्गमा राष्ट्रिय एकता र अखंडतालाई मजबुत गर्न राष्ट्रियताको भावना जागृत गर्ने दिशामा उठाइएका सकारात्मक पाइलाहरु थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा प्रमुख हस्तीका रुपमा स्थापित हुन पुगेका महेन्द्र नारायण निधि बुवा राजेश्वर निधि र आमा श्रींगारमणी देबिको कोखवाट माहिलो संतानका रूपमा बि।स।१९७८ फागुन १३ गते फागुन कृष्ण द्ववादसिका दिन नगराइन गाउँमा जन्मेका थिए।
सम्पन्न परिवारमा जन्म लिएका निधिका बुवा राजेश्वर निधिको राणा शाशक वर्गसंग राम्रै संबध रहेको थियो। त्यस क्षेत्रका मानिसहरूले जमिन्दारको रुपमा चिन्दथे।
राणाकालिण अवस्थामा प्रचुर मात्रामा बिधालयहरु खोलिएका थिएनन् । जे जति मात्रामा खोलिएका थिए ती बिधालयहरुमा राणाका, ठुलाबडाका छोरा नातिहरु मात्र पढ्न पाउंथे। यस विषम अवस्थामा यिनले घरमै शिक्षाको ज्ञान प्राप्त गरे। जिज्ञासु स्वभावका यिनले रामायण ,महाभारत ,श्रीमद्भागवत गीता, दुर्गा सप्तशती ,अन्य शास्त्र तथा किताबहरुका अध्यन गरेका थिए । भारतमा भइरहेको स्वाधीनता सङ्ग्रामको सम्बन्धमा पनि यिनले राम्रै रुचिका साथ अध्यन गरिरहेका थिए।
यिनी किशोर अवस्थामा कामको शिलाशिलामा काठमाडौ जादा बि।स। २००२ सालतिर सिंह दर्वारबाट पुतली सडकको बिच बाटो भएर हिडेका कारण प्रहरिवाट बेस्सरी चुटाइ खाएका थिए । चुटाइले गर्दा एकतन्त्रीय राणा शासनको विरुद्ध बिद्रोहको भावना यिनमा जागृत भयो।
बि।स।२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसका सभापति मातृकाप्रसाद कोइरालाबाट सदस्यता लिए पछि यिनी केन्द्रिय समितिको आमन्त्रित सदस्य बन्न पुगे ।
सदस्यता ग्रहण गरेर युवाहरुको सहयोगमा संकिर्तन मण्डली गठन गरि तराई मधेसको गाउँ गाँउमा धार्मिक कार्यक्रमका माध्यमबाट संगठन बिस्तार गर्दै राणा शासनको बिरुद्ध जन जागरण अभियानमा लागे ।
नेपाली राष्ट्रिय काँग्रेसको जोगबनीमा बैठक बस्यो। उक्त बैठकले २००४ बैशाख १ गते देखि देश ब्यापी रूपमा सत्याग्रह गर्ने निर्णय गर्‍यो ।
सत्याग्रह आन्दोलनको प्रचार कै सिलसिलामा जनकपुरका सिमावर्ती भारतिय क्षेत्रहरूमा जनसभाहरु भइरहेको थियो। यस्तै एउटा जनसभा सकेर नेताहरुलाई जनकपुर रोड रेल्वे स्टेसनबाट बिदा गरेर फर्कदा बि।स। २००४ साल कात्तिकमा महेन्द्र नारायण निधि ,सरोज कोइराला लगायतका साथीहरू सहित मठिहानिबाट पक्राउ परि जलेश्वर कारावासमा थुनिए ।
बि।स। २००७ आश्विन १० र ११ गते भारतको बिहारको बैरगिनिया भएको नेपाली काँग्रेसको सम्मेलनले स(शस्त्र क्रान्ति गर्ने निर्णय गर्यो।
२००७ सालको क्रान्तिमा मुक्ति बाहिनी सेनाले जनकपुरलाई आफ्नो कब्जामा लियो। तत्कालीन महोत्तरीको ९धनुषा, महोत्तरी , सर्लाही ० जन सरकार गठन भयो। जन सरकारमा प्रधानमन्त्री महेन्द्र नारायण निधि ,मन्त्रीहरुमा सरोज प्रसाद कोइराला , बोध प्रसाद उपाध्याय , दिगम्बर झा, इन्द्र बहादुर मल्ल र जन सरकार सचीवमा युगेश्वर प्रसाद बर्मा, सुरक्षा ९प्रहरी० प्रमुखमा निर्गुन यादव , गुप्तचर बिभाग प्रमुखमा सरयुग चौधरी भएका थिए।
बि।स। २००८ र २००११ मा दुई पटक सल्लाहकार सभामा निधिजि सदस्य भए। २००८ सालमै महोत्तरी जिल्लाका सभापतिमा निर्वाचित भएका यिनी बि।स।२०१० साल सम्म जिल्ला सभापति रहे । बि।स। २००९ साल जेठ १०,११ र १२ गते नेपाली काँग्रेसले जनकपुरधाममा नेपाली कांग्रेसको पाचौं महाधिवेशन गर्ने निर्णय गर्यो। निधिजिको अध्यक्षतामा ५१ सदस्यीय सरोजप्रसाद कोइराला सेक्रेटरी रहेका पाँचौ महाधिवेशन तयारी समिति गठन भयो। उक्त महाधिवेशनका उनी स्वागातध्यक्ष रहेका थिए। बि।स। २००९ असार ६ गते बिपि कोइरालाले केन्द्रिय कार्यसमिति र संसदीय समितिको गठन गरे। उक्त संसदीय समितिमा सेक्रेटरीमा महेन्द्र नारायण निधि र सदस्यहरुमा मातृकाप्रसाद कोइराला , सुवर्ण शमशेर , सुर्य प्रसाद उपाध्याय र राममेश्वर प्रसाद सिंह रहेका थिए।
बि।स। २०१४ सालमा नेपाली काँग्रेसको भद्र अवज्ञा आन्दोलन पश्चात् ०१५ सालमा भएको पहिलो प्रजातान्त्रिक आम निर्वाचनमा क्षेत्र न।४३ बाट १० हजार १ सय २० मत प्राप्त गरेर आफ्ना प्रतिद्वन्दी रहेका तराई काँग्रेसका उम्मेदवारलाई पराजित गरेर प्रतिनिधि सभाका सदस्यमा निर्वाचित भएका थिए। बि।स। २०१६ असार २१ गते प्रतिनिधि सभाले उनलाई निरबिरोध उप सभामुखमा निर्वाचित गर्यो।
बि।स।२०१७ साल पुष १ गतेका दिन राजा महेन्द्रले बिपि कोइराला लगायत अनेकौं नेतालाई गिरफ्तार गरेर बहुदलीय ब्यबस्थाको समाप्त भएको घोषणा गर्दै शासन सत्ता आफ्नो हातमा लिए। राजनीतिक दलहरूलाई प्रतिबन्धित गरियो । जताततै धरपकड शुरु भयो ।नेता, कार्यकर्ताहरुको भागाभाग भयो। समातिएकाहरु कारावासमा परे। कतिपय नेता ,कार्यकर्ताहरु भारत प्रवेश गरे । त्यस त्रासपुर्ण अवस्थामा जल्दाबल्दा मै हु भन्ने कतिपय नेता एंव कार्यकर्ताहरूले राजाका कदमलाई समर्थन जनाउँदै आत्मसमर्पण गरेर सुख सयलको जिवनयापन गर्ने मार्ग अपनाए । तर निधि लगायतका नेताहरू पूनस् प्रजातन्त्र प्राप्तिको संघर्षमा जुटे।
सौभाग्यवस त्यसबेला नेपाली काँग्रेसका नेता तत्कालीन सरकारका उप प्रधानमन्त्री सुवर्ण शमशेर भारतमा थिए। उप सभामुख महेन्द्र नारायण निधि पनि भारत पुगिसकेका थिए।भारतको पटनामा नेपाली काँग्रेसको एतिहासिक सम्मेलन भयो। यस सम्मेलनले सुवर्ण शमशेरलाई कार्यकारी अध्यक्ष बनायो र नेपालमा हिंसात्मक माध्यम बाट प्रजातन्त्र प्राप्तिकालागी संघर्ष गर्ने प्रस्ताव ल्यायो । महेन्द्र नारायण निधिले उक्त प्रस्ताबको बिरोध जनाउँदै अहिसांत्मक आन्दोलनबाट जानुपर्ने बिचार व्यक्त गरे । तर सम्मेलनले हिंसात्मक माध्यमबाट प्रजातन्त्र पूनस् स्थापना गर्ने निर्णय गर्यो। तत्कालीन उप सभामुख महेन्द्र नारायण निधि , माथिल्लो सभाका सदस्य बोध प्रसाद उपाध्याय लगायतका अन्य सहयोगीहरूले सम्मेलनको उक्त निर्णयमा असहमति जनाए।
भारतमा निर्वासित जीवन बिताउनु भन्दा मुलुक भित्रै बसेर जन चेतना जगाएर अहिंसात्मक आन्दोलनको माध्यमबाट प्रजातन्त्र प्राप्तिका संघर्षलाई अगाडि बढाउने मार्गमा उनी दृढ़ थिए। यहि उद्देश्यका साथ उमगाउँ क्याम्पका साथिहरु माझ क्रान्ति दिवसका दिन सत्याग्रह गर्ने प्रस्ताव गरेका थिए ।
उमगाँउबाट लुकेर पालकिबाट जनकपुर पुगेका निधिले क्रान्ति दिवसका दिन २०१८ साल कात्तिक २६ गते नेपाली काँग्रेस महोत्तरी जिल्लाका सचिब लगायतका साथीहरुका साथ चार तारे झण्डा फर फराउदै नारा लगाएर जानकी मन्दिर पुग्दा गिरफ्तारीमा परेका थिए।
कठोर यातना भोगेका यिनलाइ २०२० साल मार्गमा कारावासबाट मुक्त गरियो। यसपछि निरन्तर रुपमा पक्राउ पर्ने छुटने क्रम यिनको जारी नै रह्यो । प्रजातन्त्र दिबशको अवसरमा पटनाबाट प्रकाशित हुने साप्ताहिक पत्रीका हिमालेशिया मा ू प्रजातन्त्र र देशहितू भन्ने शिर्षकमा २०२६ साल फागुन ७ गते यिनको लेख प्रकाशित भयो। यसै लेखले गर्दा यिनलाई फागुन २० गते राजकाज मुद्दा लगाएर थुनियो। कारावासमा बारम्बार यिनलाई थुनिन्थ्यो।कहिले राजाकाज मुद्दामा कहिले सुरक्षा एन अन्तरगत मुद्दाहरु चलाइन्थे। यसरि २०२९ , ०३१ , ०३६ , ०४२ सालको सत्याग्रह, ०४६ सालको जन आन्दोलनमा समेत पटक पटक पक्राउ परेर नेपाल भित्रका विभिन्न कारावासमा लगभग १० वर्ष तथा ३ वर्ष निर्वासित जीवन ब्यतित गरेका थिए।
०४६ साल चैत २६ गते राति प्रजातन्त्रको पुनः स्थापनाको राजा बिरेन्द्रद्वारा घोषणा भयो। यसको पश्चात् ०४७ बैशाख ६ गते नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मण्डलमा स्थानीय जलस्रोत तथा स्थानीय बिकास मन्त्री बन्न पुगे । स्थानीय बिकास मन्त्रालयले मुलुक भरि कायम रहेको पञ्चायतहरु विघटन गर्ने निर्णय गर्यो। र गाउ बिकास समिति , नगर बिकास समिति र जिल्ला बिकास समिति भनेर नामांकान गर्यो।यस सन्दर्भमा तत्कालीन राजा बिरेन्द्र सहमत थिएनन् । तर निधिले लागू गराएरै छाडे ।
०४८ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा धनुषा क्षेत्र न।४ का जनताहरुले अत्यधिक मत दिएर उनलाई प्रतिनिधि सभामा पठाए। पार्टी सभापति कृष्णप्रसाद भट्टराई पराजित हुन पुगे । चुनाव न लडेका गणेशमान सिंहजिले निधिजिलाई प्रधानमन्त्री बनाउन चाहन्थे । तर उनको यो इच्छा पुरा हुन सकेन। गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बन्न पुगे । गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाको बीच फाटो बढ्दै गयो। यी फाटो पार्टीभित्र पनि झागिंदै गए । भट्टराई र निधिजिले सामञ्जस गर्न कयौं प्रयास गरे । तर सफल हुन सकेनन। आन्तरिक मत मतान्तरले सिमा नै नाघ्न पुग्यो । र पार्टीलाई बिग्रहको अवस्थामा पुर्यायो । गणेशमान सिंहले पार्टी छाडने अवस्थाको सृजना गरियो । उनले पार्टी छाडे । मध्यावधि चुनावको घोषणा भयो। तर सभापति कृष्ण प्रसाद भट्टराईको केन्द्रिय समितिमा २०५१ सालमा महामन्त्री बनेका महेन्द्र नारायण निधिले मध्यावदी चुनावमा नेताहरुले चुनाव नलडने सहमति भए अनुसार उनले आफ्नो उम्मेदवारी दिन तयार भएनन् । तर गिरिजा प्रसाद कोइराला चुनावमा सहभागी भए।यसपछि निधि बिस्तारै बिस्तारै राजनीतिबाट टाढा हुन थाले।
बि।स।२०५३ सालमा तत्कालीन सरकारद्वारा यिनलाई जनकपुर बृहत्तर क्षेत्र बिकास परिषदको अध्यक्ष बनाइयो । यस अवस्था सम्म आइपुग्दा राजनीतिबाट पुर्ण रुपमा सन्यास लिइसकेका थिए। ०५३ देखी मृत्युपर्यन्त सम्म निधि जनकपुर बृहत्तर बिकास परिषदका अध्यक्ष पदमा आसिन रहे।
मुल्य मान्यताका राजनीतिमा बिश्वास राखेका निधि जीवनको उतरार्द्धमा गैस्टिक, रक्तचाप,तथा हृदय सम्बन्धि रोगवाट ग्रसित भएर बि।स।२०५६ साल बैशाख २० गते मंगलबारका दिन राती लगभग डेढ बजे हृदय गति बन्द भएर यस संसारलाई सदाकालागी छाडेर गए।
तर उनले यस संसारलाई छाडेर गएता पनि उनका बिचार ,चिन्तनहरु जिवित छन। उनका बिचारहरुलाई अब पनि मनन गर्ने हो भने हाम्रो समाज र मुलुकलाई अग्र दिशाको मार्गमा अगाडि बढाउन प्रेरणाका ठुलो स्रोत बन्न सक्छ होला।
अन्त्यमा निधिजिका भौतिक शरीर हाम्रो बीच अहिले नभए पनि उनिवाट प्रतिपादित चिन्तन र उनको आदर्श जीवनले हामीलाई सदैव प्रेरणा दिराख्ने छ। अतस् लोकतान्त्रिक आन्दोलनका अहिंसाबादी तपस्वी राजनेता युग पुरुष जसले सादा जीवन उच्च बिचारका मुल मन्त्रलाई कार्यबयन गर्दै तराई मधेसलाई प्रजातान्त्रिक आन्दोलनसंग जोडे जसले साम्प्रदायिकता, क्षेत्रीयता भन्दा माथी उठेर राष्ट्रिय एकताको पक्षमा आफ्नो बिचार प्रस्तुत गरे यस्ता महान युग पुरुष महेन्द्र नारायण निधिको नाउँमा रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक प्रतिष्ठानले देश को मूलधरमा सबै उत्पीडित शोषित विभेदमा परेका पारिएका बर्ग क्षेत्र जातजाति भाषाभाषी धर्म समुदायलाई जोडने एउटा अनुपम सौन्द्र्यता झाल्काउने प्रतिष्ठानको रुपमा अग्रसर हुन साकोस हार्दिक शुभकामना १