जलेश्वर,१७ फागुन । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ मा भएको बर्बर दमनप्रति विरोध जनाउदै राष्ट्रिय मुक्ति पार्टी नेपाल महोत्तरीले जलेश्वरमा विरोध सभा आयोजना गरेको छ ।

कार्यक्रममा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका नेता रामकृपाल साहले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए ।
अवधेश प्रसादको अध्यक्षतामा भएको विरोधसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता रामकृपाल साह,वजरंगी साह लगायतका वक्ताहरूले सरकारले स्थानीय सरोकारको वेवास्ता गरेको भन्दै विरोध जनाएको पार्टीका केन्द्रिय सदस्य रमण पाण्डेले जानकारि दिए ।

विरोध सभामा ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित थिए । वक्ताहरूले स्थानीय जनताको मागलाई सरकारले बेवास्ता गरिरहे सशक्त आन्दोलन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने चेतावनी दिए ।