जनकपुरधाम,फागुन १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले आफनो मातहत इकाईहरुको सन्ध्याकालिन निरीक्षण तथा अनुगमन गरेको छ ।

प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको कमाण्डमा रहेको टोलीले शनिबार मातहतका इकाईहरुमा निरीक्षण तथा अनुगमन गरेका हुन् ।

टोलीले मातहत प्रहरी इकाईहरुको निरीक्षण तथा अनुगमन गर्ने क्रममा इलाका प्रहरी कार्यालय औरही, प्रहरी चौकी गिद्धा, प्रहरी चौकी माची र प्रहरी चौकी ठाढीझिझा इकाईसहरुको सन्ध्याकालिन निरीक्षण तथा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।