काठमाण्डौ,फागुन १९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका सरकारको लगानी निराशाजनक रहेको बताएका छन् ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा पारसले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले राजनीतिक दलको प्राथमिकतामा पनि खेलकुद मन्त्रालय सबैभन्दा मन नपर्ने मन्त्रालय अन्तरगत रहेको बताउदै खेलकुद पूर्वाधार र संरचना निमार्णमा सरकारले ध्यानदिनुपर्ने बताए । उनले युवालाई खेलकुदमा आकर्षित बनाउन सबैपक्ष मिलेर अगाडी आए मात्र सम्भव रहेको बताए