जनकपुरधाम,फागुन २५ गते । चुरे र वनजंगल संरक्षण तथा भुमिहिनहरुको अधिकारको माग गर्दै विगत सात वर्षदेखि अभियान संचालन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानको राष्ट्रिय सम्मेलन चैतमा हुने भएको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले दिएको जानकारि अनुसार सात वर्षपछि स्थापना भएको महिना र पानी दिवसको अवसरमा चैत ९ गते विहान ११ बजेदेखि सुरु हुने अभियानको राष्ट्रिय सम्मेलन जनकपुरधाम हुनेछ । अभियानको सम्मेलन जनकपुरधामको अग्नीकुण्डस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा हुने जनाइएको छ ।

राष्ट्रिय सम्मेलनमा मुलुकभरिका अभियानीहरुको जमघट हुने र सम्मेलनको भोलिपल्ट अभियानलाई अझ सशक्तरुपमा लग्ने उदेश्यका साथ पदाधिकारी चयन एवम अभियानको अग्रिम कार्यदिशा पनि चयन गरिने अभियानका राष्टिय संयोजक सुनिल कुमार यादवले जानकारि दिएका छन् ।

वि.सं २०७४ चैत १२ गते स्थापना गरि मधेश प्रदेशको राजधानी जनकपुरधाम केन्द्रित आन्दोलन गर्दै आएको अभियानले पटक पटक गरि १२ सय किलोमिटर भन्दा बढि पदयात्रा,काठमाण्डौको माइतीघरमा आन्दोलन देखि लिएर आमरण अनसन सम्म बसेर अभियान संचालन गर्दै आएको छ ।