जनकपुरधाम,फागुन २७ गते । राष्ट्रिय परिचयपत्र सम्वन्धि सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको केन्द्रिय सर्भर डाउन भई सोको मर्मत कार्य भइरहेकोले अर्को सूचना जारी नभएसम्मका लागि सेवा कार्य अवरुद्ध रहने जनाएको छ ।

सर्भर डाउन भएको र सोको मर्मत कार्य गर्न केहि समय थप लाग्ने भएकोले राष्टिय परिचयपत्रको इनसेलमेन्ट गर्ने कार्य तत्कालका लागि स्थगित गर्दै अर्को सूचना जारी नभए सम्मका लागि सेवा प्रवाह अवरुद्ध रह्ने जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृतले सूचना माफर्त जानकारि दिएका छन् ।