लहान,फागुन २८ गते । सिरहाको लहानमा सुविधासम्पन्न मुटु रोग तथा मधुमेह रोगको अस्पताल बन्ने भएको छ ।

नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब आर्थिक सहयोगमा लहान नगरपालिका–४ मा पाँच सय शय्याको अस्पताल निमार्ण गरिने भएको जनाइएको छ ।

लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने भएको छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ रहेको संचालक समितिको भनाई छ ।

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।