जनकपुरधाम, २८ फागुन । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोक राईले पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिएका छन् ।

बुधबार जनकपुरधाममा जसपा मधेश प्रदेशद्वारा आयोजीत सपथ ग्रहणसभा तथा पार्टी प्रवेश र होली मिलन समारोहमा बोल्दै अध्यक्ष राईले पूर्व राजाले सडकमा प्रर्दशन गर्नुभन्दा चुनाव लडेर सत्तामा आउन सुझाव दिएका हुन् ।

उनले भने,‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ,राजतन्त्रमा विरोध जुलुस निकालेको भए कारवाही हुन्थ्यो ,तर्सथ लोकतन्त्र वैज्ञानीक शाषण प्रणाली हो ।’

उनले काठमाण्डौमा गरिएको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलीत हुनु नपर्ने बताए ।

अध्यक्ष राईले जनताले खोजेको जस्तो संघियता आउन नसकेको स्विकार गर्दै जेजस्तो भएपनि संघियतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघियता विरोधी रहेको बताए ।

उनले छिटै नै प्रतिनिधीसभाले निजामती सेवा ऐन पास गर्ने र वर्षे अधिवेसनमा राष्टियसभाले पास गर्ने बताउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन समितिमा छलफलको लागि गएको र यो पास भएपछि संघियता बास्तविक अभ्यासको थालनी हुने बताए ।