जनकपुरधाम, ५ चैत । प्रदेश सरकारको एसईई सम्बन्धी धारणा विनिमय गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।
उक्त पत्रकार सम्मेलन जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न १ बजेर १५ मिनेटबाट सुरु हुनेछ ।

मुख्यमन्त्री सिंहले एसईई परीक्षा र यसका विभिन्न पक्षमा प्रदेश सरकारको दृष्टिकोण र योजना सार्वजनिक गर्नेछन् । यस सम्मेलनमा प्रमुखतया परीक्षाका तयारी, विधि र प्रदेश सरकारको स्तरबाट भएका तयारीबारे चर्चा गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रमुख अधिकारी र अन्य सरोकारवालाहरूको पनि सहभागिता रहने छ । मुख्यमन्त्री सिंहले यस अवसरमा एसईई परीक्षा सम्वन्धी प्रदेश सरकारको नीतिगत धारणा स्पष्ट गर्दै पत्रकारहरूको जिज्ञासालाई जवाफ दिने बताइएको छ ।

एसईई परीक्षाको तयारी र यसका विभिन्न पहलुहरूसँग जडित सबै प्रकारका जानकारीहरूको आदानप्रदान गरिने बताइएको छ ।