जनकपुरधाम, ७ चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशका योजनासम्बन्धी विवादलाई लिएर पार्टी कार्यकर्ताहरूलाई स्पष्ट सन्देश दिएका छन् ।

राउतले फेसबुकमार्फत पार्टीका नेता र कार्यकर्ताहरुलाई सरकारका गतिविधि, विकास योजनासम्बन्धी काममा हस्तक्षेप नगर्न र बारम्बार फोन नगर्न निर्देशन दिएका हुन् ।

राउतले भने, ‘हजारौँ योजनाहरू छन् र कुन पत्र कहाँ छ भन्ने कुरा पार्टी अध्यक्षको जिम्मेवारी होइन ।’ पार्टी कार्यकर्ताहरूलाई सम्झाउँदै उनले थपे, ‘कार्यकर्ताहरूलाई बदनाम हुने योजनामा संलग्न नहुनुहोस् ।’

उनले पार्टीको भिजन र एजेन्डा अनुसार काम नगर्ने अवस्था आएमा सरकारबाट बाहिर जाने निर्णय लिन सकिनेसमेत बताए ।