जनकपुरधाम, चैत ८ गते । मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त आफ्नो कार्यकाल समाप्त गरी पदबाट अवकाश लिएका छन्।

छ वर्षे कार्यकाल पूरा गरेपछि बिहीबार उनले औपचारिक रूपमा बिदाइ लिए। नेपालको संविधान २०७२ जारी भएपछी मधेशी आयोगका प्रथम अध्यक्षका रूपमा उनले २०७५ चैत ७ गते संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए।

डा. दत्तको नेतृत्वमा आयोगले शून्य बेरुजु कायम गरी पुरस्कृतसमेत भएको थियो। उनले आफ्नो कार्यकालमा जनक दर्शन, आयोगको ६ वर्ष: अवसर र चुनौती, मधेशी समुदायको राज्यमा पहुँच जस्ता दर्जनौं प्रकाशनहरू निकाले। साथै, मधेशी पहिचानको संवैधानिक निर्धारण, थर सूचिकरण, र नश्लीय दुर्व्यवहारविरुद्धको तिव्र कारबाहीजस्ता महत्वपूर्ण कामहरू गरेको उनले जानकारी दिए।