जनकपुरधाम,चैत १२ गते । सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टीबिच एकता गर्ने निर्णय भएको छ ।

जनमतका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ तथा पार्टीका संरक्षक रेशम चौधरीले दुवै पार्टीलाई एकताको अन्तिम रुप दिएका हुन् ।

प्राप्त जानकारि अनुसार दुबै पार्टीबिच एकता गर्ने निर्णय भएपछि िकार्यदल समेत गठन गरिएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले जनमत र नाउपापार्टी एकता गर्ने निर्णय भएको बताउदै चुनाव चिन्ह र पार्टीको नाम छलफलमा रहेको बताईन् ।

अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् । उनले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताईन । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उनको भनाई छ ।

पार्टी एकता भएपछि सङ्घीय संसद्मा जनमतका छ जना र नाउपाको चार जना गरी कुल १३ सांसद हुने छन् ।