जनकपुरधाम,चैत १२ गते । राष्ट्रिय मुक्ती पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको प्वाँख पलाएको भनेर टिप्पणी गरेका छन् ।

व्यापक जनदवाका बाबजुद नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि अध्यक्ष महतोले समाजिक संजाल फेसबुक माफर्त यस्तो टिप्पणी गरेका हुन् । उनले समाजिक संजालमा लेखेका छन् ः जब एकल नश्लिय तन्त्रलाई कुनै तामाङ कुलमान घिसिङ , मधेशी डा. संगीता मिश्रा अप्ठ्यारो लाग्नथाल्छ, लिम्बुको धर्म संस्कृति मास्नकै निम्ति बर्बरतामा उत्रिन थाल्छ, समानुपातिकता समावेशीता मास्नकै निम्ति संविधान संशोधनको कुरा गर्छ, अध्यादेशलाई शासनको बिधी बनाउन थाल्छ, तब बुझ्नुपर्छ यिनको प्वाँख पलायो ।

अध्यक्ष महतोले वर्तमान सरकारलाई वहिष्कार गर्न आह्वान समेत गरेका छन् । उनले समाजिक संजालमा लेखेका छन् ः अब कुनै पनि नश्लिय सत्ता लाई ‘नो’ भनौ । देश बहुल छ हाम्रो छनौट बहुल राष्ट्रिय लोकतन्त्र हो र अब त्यहीँ हुनुपर्छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट रातारात घिसिङलाई हटाएपछि सत्तामै सामेल नेपाली कांग्रेसले समेत आपती जनाएको छ ।