जनकपुरधाम,चैत १९ गते । मिथिला विहारी नगरपालिका वार्ड नं १० का अध्यक्ष ललित नारायण झाले आफनो वडावासीको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियानको सुरुवात गरेका छन् ।

सोमबार देखि सुरु गरिएको निशुल्क स्वास्थ्य सेवा अभियान चार दिन सम्म चल्ने जनाइएको छ । घरदैलौ कार्यक्रम अन्तरगत रगतमा चिनीको जाँच,उच्च रक्तचापको जाँच,तापक्रम सम्बन्धी जाँच र ओक्सिजनको संतृप्ति जाँच गरिने अध्यक्ष ललित नारायण झाले बताएका छन् ।

निशुल्क स्वास्थ्य जाँच घरदैलौ कार्यक्रम अन्तरगत चैत १८ गते ठेरा बजारको साविक वडा नं ८,चैत १९ गते साविक वडां नं ९,चैत २० गते साविक वडां नं ७ र चैत २१ ग्ते साविक वडां नं ६ मा घर घर पुगेर वडावासीको जाँच गरिने जनाइएको छ ।

त्यसैगरि चैत २२ गते शुक्रबार स्वास्थ्य चौकी ठेरा बजारमा विहान ११ बजे देखि दिउसो ३ बजे सम्म स्त्री तथा प्रसुती,दाँत र आँखा सम्वन्धि जाँच हुने भएको छ । स्वास्थ्य जाँचमा स्त्री तथा प्रसुती सम्बन्धी जाँच डा.रामविनय राउत,आँखा सम्वन्धी जाँच डा अनिल कुमार महतो र दाँत सम्वन्धी जाँच रामकृष्ण यादवले गर्ने अध्यक्ष झाले बताए ।