जनकपुरधाम,चैत १९ गते । जनता समाजवादी पार्टी,नेपाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ को सम्पन्न ऐकताको प्रथम वार्ड अधिवेशनबाट युवा नेता दुखी यादव सर्व सहमतिले पुनः पार्टीका वार्ड अध्यक्षमा निर्वाचित भएका छन।

जसपा,नेपालका केन्द्रीय सदस्य, प्रदेश सांसद रामअशिष यादव र जनकपुरधामका पुर्व नगर प्रमुख तथा केन्द्रीय अभियन्ता लाल किशोर साहको विशेष उपस्थितिमा सम्पन्न वार्ड अधिवेशनबाट सर्व सहमतिले पार्टीका वार्ड कमिटी पदाधिकारी ,सदस्य ,नगर तथा जिल्ला प्रतिनिधिहरु समेत चयन गरिएको कुरा पार्टीका नगर अध्यक्ष विष्णु देव साह ले जानकारी दिएका छन।

जसपा,नेपाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ का वार्ड अध्यक्ष दुखी यादवको अध्यक्ष्ातामा सम्पन्न वार्ड अधिवेशनमा जिल्ला उपाध्यक्ष ललित मंडल, पुर्व वडा अध्यक्ष परमेश्वर यादव,सदस्य,अजय यादव, नगर अध्यक्ष विष्णु देव साह,निर्वाचन प्रतिनिधि शैलेन्द्र लक्ष्मण साह सहितले शुभकामना व्यक्त गरेका छन।