रञ्जन भण्डारी
महोत्तरी,चैत २० गते । महोत्तरीको भंगहा नगरपालिका २ सिंग्याही निवासी वैजु वातरको छोरा १७ वर्षिय मनोहर वातर भारतको मद्रास कमाउन जादै गरेकोमा उनी रेलबाटै सम्पर्क विहिन भएका छन् ।

गत चैत्र १२ गते घरबाट निस्केका उनी भारतको पटनाको दानापुर पुगेकोमा दानापुरबाटै मद्रासको पेरम्बुरको रेल चढेका थिए । तर सो रेलबाट यात्रा गर्दै गर्दा उनी विजयवाडा भन्ने स्थानपछि उनी सम्पर्क बिहिन भएको उनकी आमा अरुणी वातरले बताईन् ।

‘छोराले साझ ६ बजे रेल खुल्ने समय रहको बताए । आफुपनि निश्चिंत थिए । तर भोली पल्ट छोराको साथीहरुले मद्रास पुगेर फोन गरेर तपाईको छोरा हराएको बताए । ’ उनी थप्छिन,‘उनीहरुले मेरो छोरा विजयवाडा भन्ने स्थानपछि सम्पर्कमा नरहेको बताए । उसको साथीहरुले भारतिय रेल प्रहरीलाई खवर गरेको बताएपनि हालसम्म मेरो छोरा सम्पर्कमा आउन सकेको छैन । छोराको व्याग रेलमै थियो । उसको साथीहरु व्याग लिएर गएका छन । तर मेरो छोराको अत्तोपत्तो छैन । ’

उनले नेपालमै समेत जिल्ला प्रसासन कार्यालय र प्रहरीमा उजुरी दिएको बताईन । छोरालाई खोज्न भारत पुग्नु पर्नेमा त्यहा कहा खोज्ने चिन्ताले उनलाई सताएको छ । उनले छोरा खोजिदिन मिडिया गुहारेकि छन् ।

परिवारले छोराको खवर भए नेपालको मोबाईल नं. ९७७ ९८१४८४९४९९ मा खवर गरिदिन आग्रह गरिन् ।