काठमाडौं, चैत २२ गते । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठक बस्नु अघि महोत्तरीको बर्दिबासमा साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो। उनले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टीमा तोकिएको जिम्मेवारी पूरा नगरेको तथा अध्यक्ष सीके राउतविरुद्ध गतिविधि गरेको आरोप उनीमाथि लगाइएको छ। साहले भने आफूमाथि लगाइएका आरोपहरू पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएको बताएका छन्।