जनकपुरधाम,चैत २२ गते । भारत र चाइनाविचमा जासुसी कथा वस्तु लिएर भोजपुरी फिल्म मिशन चाइना रिलिज हुने तरखरमा रहेको छ ।

रंजित सिंह क्रिएसनको बैनरमा बनेको भोजपुरी फिल्म चाइनाको एक्सन दमदार रहेको छ । मुख्यतः कुन्दन भारद्धाजले प्रस्तुत गरेको एक्सन सिन्सका कारण भोजपुरी फिल्म इन्ड्रष्टीमा चर्चाको विषय बनेको छ । त्यसैगरि फिल्मको भिलेनको पात्रमा नेपालका चर्चित निर्माता,निर्देशक,हिरो निराजन मेहता मन्जितले अभिनय गरेका छन् । फिल्ममा कुन्दन र मन्जित संगै यामिनी सिंह,अवधेश मिश्र,सददाम हुसेन,ध्रुव कोइराला,मुरली लालवानी,पुजा ठाकुर ,पुनम कुमारी,राजु श्राप लगायतको कलाकारको अभिनय रहेको छ ।

अमित कुमार सराफको लेखन निर्देशन रहेको फिल्ममा अजित मंडलले संगित दिएका छन् । भोजपुरी फिल्मका लागि मोस्ट अवेटेड फिल्म अन्तरगत रहेको फिल्म मिसन चाइना भोजपुरी फिल्म अन्तरग धेरै नै एक्सन सिन रहेको पहिलो फिल्म रहेको भनिएको छ ।