जनकपुरधाम, चैत २३ गते ।चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले काठमाण्डौको माइतीघरमा चैत २४ गतेदेखि सुरु गर्ने भनिएको अनिश्चितकालीन धर्ना कार्यक्रम स्थगित गरेको छ।

अभियानले शनिबार एक विज्ञप्ति जारी गर्दै, देशको वर्तमान राजनीतिक स्थिति र विभिन्न चाडपर्वको कारण चुरे वनजंगल संरक्षण, संवर्धन, वन डढेलो नियन्त्रण, खुल्ला चरिचरणको नियन्त्रण, र अवैध क्रसर उद्योगको विरोधमा अनिश्चितकालीन धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गर्नुपर्ने निर्णय गरेको जनाएको छ। यसको सट्टा, अभियानले चैत २७ र २८ गते दुई दिने विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

यस अघि, अभियानले चुरे क्षेत्रसँग सम्बन्धित नेपालका विभिन्न जिल्लामा पदयात्रा गर्दै जनजागरण अभियान सम्पन्न गरिएको अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले जानकारी दिएका छन्।