जनकपुरधाम, वैशाख ४ गते । विश्वविख्यात मोटरसाइकल निर्माता रोयल इनफिल्डले आफ्नो चर्चित मोडल क्लासिक ३५० को नयाँ संस्करण नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । दशकौँदेखि मोटरसाइकल प्रेमीको पहिलो रोजाइमा पर्न सफल क्लासिक ३५० यसपटक अझ सशक्त स्वरूप, आधुनिक प्रविधि र आकर्षक डिजाइनसहित जनकपुरधाम बजारमा आएको हो ।

रोयल इनफिल्डले क्लासिक ३५० लाई जनकपुरधाममा न्यू नारायणी मोर्टसमार्फत पाँचवटा फरक भेरियन्टमा उपलब्ध गराएको छ । हेरिटेज (मदरास रेड, जोधपुर ब्लू), हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज), सिग्नल्स (कमाण्डो सेण्ड), क्लासिक डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) र क्लासिक क्रोम (इमराल्ड) सार्वजनिक गरिएको हो ।

यी सबै भेरियन्टमा आधुनिक डिजाइनका साथ डुअल च्यानल एबिएस, एलईडी हेडलाइट, एलईडी पाइलट ल्याम्प, गियर इन्डिकेटर, टाइप–सि यूएसबि चार्जर लगायतका सुविधा दिइएको छ । शुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने सबै भेरियन्टमा एबिएस अनिवार्य गरिएको छ ।

रोयल इनफिल्डले नेपालमै बिर्तामोड नजिकै सिकेडी क्षेत्रमा उत्पादन केन्द्र स्थापना गरिसकेको छ । त्रिवेणी समूहसँगको सहकार्यमा निर्माण भएको उक्त केन्द्रबाट वार्षिक २० हजार युनिट मोटरसाइकल उत्पादन हुने बताइएको छ । नेपालबाहेक ब्राजिल, थाइल्याण्ड, बंगलादेश, अर्जेन्टिना र कोलम्बियामा पनि कम्पनीका एसेम्बली युनिटहरू सञ्चालनमा छन् ।

क्लासिक ३५० को हरेक भेरियन्टमा पुरानो क्लासिक इनफिल्डको शिल्पशैली कायम राख्दै प्रविधिमा नयाँपन थपिएको छ । सिग्नल्स सिरिजले रोयल इनफिल्डको ऐतिहासिक सैन्य सम्पर्कलाई सम्मान गर्छ भने डार्क सिरिजले कालो र खैरो रंगको गहिरो संयोजनमार्फत आधुनिक सौन्दर्यशास्त्रलाई प्रस्तुत गर्छ । क्रोम भेरियन्टमा भने भिन्टेज लुकलाई प्रिमियम टच दिइएको ।

रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको विश्वको पुरानो ब्रान्डमध्ये एक हो । बेलायतबाट सुरू भएको यसको यात्रा भारतको मद्रास हुँदै अहिले नेपाललगायत ६० देशसम्म फैलिएको छ । भारतमै यसको दुई हजार बढी स्टोर्स छन् भने विश्वभर ८५० स्टोर्स सञ्चालनमा छन् ।

बुलेट मोटरसाइकलको माग पछिल्लो समय नेपालमा झनै बढ्दै गएको छ । रोयल इनफिल्डका अनुसार नयाँ क्लासिक ३५० बजारमा ल्याउँदा मूल्य भने पुरानै स्तरमा राखिएको छ । यसले ग्राहकलाई अझ आकर्षित गरेको छ । कम्पनीले हालै विद्युतीय सवारी साधन फ्लाइङ फ्ली समेत बजारमा ल्याएर हरित प्रविधिप्रति प्रतिबद्धता जनाइसकेको छ ।

नेपालका व्यवसायिक राइडरदेखि ट्राभलिङमा रुचि राख्ने मोटरसाइकलप्रेमीहरूका लागि क्लासिक ३५० अब उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ । नयाँ प्रविधि, पुरानो शैली र सन्तुलित मूल्यको संयोजनले यसलाई नेपाली सडकमा अझ विशेष बनाउने छ ।

बुलेट बाइकको बिक्रि निकै बढेको कारण यसको आकर्षक दाम र यसले दिने माइलेज हो । नेपालमा पहिलो बाइक जसले आफ्नो मुल्यमा १ लाख ५० हजार देखी २ लाखसम्मको मुल्य घटाएको छ ।