महोत्तरी, ६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरीको पहिलो जिल्ला अधिवेशबाट राम नरेश राय अध्यक्ष पदमा निर्वाचित भएका छन् । रायले १९५ मत प्राप्त गरेर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राम प्रकाश यादवले ११० मत प्राप्त गरे ।

रायको प्यानलले पार्टीको नेतृत्वलाई अझ मजबुत र संगठित बनाउने प्राथमिकता राखेको छ । उनले आफ्नो निकटतम प्रतिद्वन्दी राम प्रकाश यादवलाई ८५ मतको अन्तरले हराए । यस निर्वाचनमा रायका समर्थकहरूले नयाँ नेतृत्वको आवश्यकता र पार्टीको विकासमा परिपक्व दृष्टिकोणको पक्षमा मतदान गरेका छन् ।

उपाध्यक्षमा रामेश्वर राय यादव १८६ मत र शिवचन्द्र साह १५५ मत प्राप्त गरि विजयी भएका छन् भने कुमरकान्त झाले १०५ मत प्राप्त गरे ।

सचिव पदमा महेश कुमार यादव विजयी भएका छन् । उनले २०२ मत पाउँदा उनका प्रतिद्वन्दी रविन्द्र महतोले ७५ र श्याम किशोर चौधरीले ९ मत प्राप्त गरेका छन ।

उपसचिव पदमा प्रकाश साह र खुसी पटेल विजयी भएका छन् । उनिहरुले क्रमशः १८१ र १२९ मत प्राप्त गरेका छन् भने लक्ष्मी नायक १०३, ज्ञानेन्द्र प्रसाद साह ९३ र अरुण कुमार यादवले ३३ मत प्राप्त गरेका छन्।

कोषाध्यक्ष पदमा सखिचन्द्र यादव १६१ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी वन्दना पाण्डेयले १२३ मत प्राप्त गरिन् ।

त्यस्तै, ५० जना सदस्यका लागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सबै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपालिका), दिपेन्द्र ठाकुर (मनरा शिसवा नगरपालिका), राजेशकुमार राय (मनरा शिसवा), रुपनारायण भगत (मनरा शिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर), मुद्दीन कवाडी (मनरा शिसवा), दरवेश राय यादव (एकडारा), गणेश यादव (जलेश्वर), राम विचारी राय (जलेश्वर) रहेका छन् ।

कौशल किशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा) र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, मुकेशकुमार यादव (रामगोपालपुर), किशुनदेव यादव (बलवा), रामनन्दन यादव (जलेश्वर), अजयकुमार यादव (औरही), विमलेन्द्रकुमार सिंह (जलेश्वर), कलामुद्दीन मोमिन (सम्सी), कुलदीप दास कथबनिया (एकडारा), ललितकुमार झा (पिपरा), निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।

त्यस्तै, अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर), पूनमदेवी यादव (रामगोपालपुर), श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर), फेकनी देवी महरा (मटिहानी) र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।

यस्तै, सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर), सुदामा देवी (जलेश्वर), गुड्डु दास (एकडारा), मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।

अधिवेशनमा ३३४ मतदाता मध्ये ३१० मतदाताले मतदान गरे । यस निर्वाचनको माध्यमबाट जसपाले आफ्नो आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाएको र भविष्यका चुनावका लागि पार्टीलाई अझ सक्षम र बलियो बनाउने लक्ष्य राखेको देखिन्छ ।

नयाँ नेतृत्वले पार्टीको आन्तरिक सुधार र सामाजिक परिवर्तनका लागि नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ । जसपाका वरिष्ठ नेताहरूका अनुसार यो निर्वाचनले पार्टीलाई आगामी स्थानीय र प्रदेश चुनावमा अझ सशक्त बनाउने मार्ग प्रशस्त गरेको छ । जसपाका कार्यकर्ता र समर्थकहरूले यस परिवर्तनलाई सकारात्मक रूपमा लिएको र पार्टीको सशक्तिकरणका लागि प्रतिबद्धता जनाएका छन् ।

पार्टीका नेताहरूले नयाँ नेतृत्वलाई संगठनात्मक संरचना सुधार, मधेसी समुदायका मुद्दाहरूको प्राथमिकता र समग्र सामाजिक विकासमा ध्यान दिने जिम्मेवारी दिएका छन् ।