जनकपुरधाम, वैशाख ८ गते । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण बोर्डिङ स्कुलहरूमा एकरूपता सहितको पुस्तक सूची ९बुक लिस्ट० लागू गर्ने निर्णयको स्वागत गर्दै नेपाल पुस्तक व्यवसायी संघ, धनुषाले सोमबार प्रदर्शन गरेको छ।

संघले जनकपुरधामको जनकचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शन गर्दै उपमहानगरपालिकालाई आफ्नो निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। संघका धनुषा सहसचिव वजरंग यादवका अनुसार बुक लिस्ट जारी भएपछि पुस्तक विक्रेताहरूले लाखौं रुपैयाँको लगानीमा सम्बन्धित पुस्तकहरू पसलमा ल्याइसकेका छन्। तर उपमहानगरपालिकाले ढुलमुले रवैया अपनाउँदै निर्णय कार्यान्वयन नगरेको गुनासो संघले गरेको छ।

ूउपमहानगरपालिकाको ढुलमुले व्यवहारले हाम्रो लगानी डुब्ने खतरा बढेको छ,ू यादवले भने, ‘नगर सरकारले आफैंले गरेको निर्णयलाई प्रभावकारी रूपमा लागू नगर्दा व्यवसायीहरू संकटमा परेका छन्।

संघले सम्पूर्ण नगरवासी अभिभावकहरूसँग अपिल गर्दै आफूले पढ्ने विद्यालयमा बुक लिस्टको एकरूपता सुनिश्चित गराउन पहल गर्न आग्रहसमेत गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाको उक्त निर्णयले विद्यार्थीबीच समानता ल्याउने, अभिभावकमा आर्थिक भार कम गर्ने र अनावश्यक पुस्तक किनबेचमा रोक लगाउने उद्देश्य राखेको बताइएको छ। यद्यपि कार्यान्वयन पक्षमा अझ स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।