जनकपुरधाम, वैशाख ९ गते । संकट मोचन दे रा माध्यमिक विद्यालयले कक्षा १२ मा अध्ययनरत नियमित तथा आंशिक परीक्षार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डद्वारा वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षामा सहभागी हुन आवश्यक प्रवेश पत्र वितरण गरिने जानकारी गराएको छ।

विद्यालयले प्रवेश पत्र बुझिलिनुपर्ने सम्बन्धमा एक सूचना जारी गर्दै सबै परीक्षार्थीहरूलाई निर्धारित मिति र समयमा विद्यालयमा उपस्थित भई प्रवेश पत्र लिन आग्रह गरेको छ। विद्यालयका प्रधानाध्यापक बलिराम साहका अनुसार वैशाख १० गते बुधवार बिहान ७ बजे देखि १० बजेसम्म र दिउँसो १ बजे देखि ४ बजेसम्म प्रवेश पत्र वितरण गरिने छ।

विद्यालय प्रशासनले परीक्षामा सहभागी हुन प्रवेश पत्र अनिवार्य हुने भएकाले सबै विद्यार्थीहरूलाई तोकिएको समयमा प्रवेश पत्र लिन आउन विशेष अनुरोध गरेको छ।