द न्यूज होम
जनकपुरधाम,वैशाख ३१ गते । भारत–पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेयता एक अपरिचित समूहले आफूलाई ’नेपाली मुस्लिम’ भन्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्न थालेको पाइएको छ ।

धनुषा जिल्लाको नगराइन नगरपालिका–५ स्थित गङ्गुलीको ‘आम गाछी’ क्षेत्रमा करिब तीन सयदेखि चार सयको संख्यामा ती व्यक्तिहरू परिवारसहित डेरा जमाएर बस्न थालेका हुन् ।

स्थानीयबासीहरूका अनुसार ती व्यक्तिहरूको भेषभूषा, अनुहार र बोलीचाली नेपालीजस्तो नभइ एकदमै फरक र अपरिचित खालको देखिन्छ । उनीहरूसँग रहेका झोला–झ्याम्टा र गतिविधि समेत शंकास्पद देखिएको बताइन्छ ।

यति संवेदनशील विषयमा स्थानीय प्रहरी प्रशासन बेखबर रहनु दुर्भाग्यपूर्ण र चिन्ताजनक विषय बनेको छ। सीमावर्ती क्षेत्रको सुरक्षामा गम्भीर खालको चुनौती सिर्जना भइरहँदा राज्यका निकायहरूको चासो नदेखिनु गम्भीर प्रकृतिको षड्यन्त्रको संकेतसमेत हुन सक्ने स्थानीयवासीहरूको भनाइ छ ।

सुरक्षा निकायले यथाशीघ्र छानबिन गरी यथार्थ सार्वजनिक गर्नुका साथै सीमावर्ती क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा पार्नुपर्ने आवश्यकता देखिएको छ ।यद्यपी प्रहरीले अहिले सम्म पुष्टि गरेको छैन ।