द न्यूज होम
जनकपुरधाम,वैशाख ३१ गते । जनकपुरधाम उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष युवा उद्यमी जितेन्द्र कुमार महासेठलाई मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको प्रदेश श्रम सल्लाहकार परिषद सदस्यमा मनोनयन गरिएको छ ।

“प्रदेश श्रम सल्लाहकार परिषद गठन निर्देशिका, २०८१” को दफा ३, उपदफा २, खण्ड (झ) अनुसार रोजगारदाताहरुको तर्फबाट महासेठलाई परिषदको सदस्यमा मनोनयन गरिएको हो ।

उक्त निर्देशिकाको दफा ३, उपदफा ३ अनुसार मनोनयन भएका सदस्यको कार्यकाल दुई वर्षको हुनेछ ।

परिषद सदस्यका रूपमा महासेठको मनोनयन श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले गरेका हुन् ।

महासेठ जनकपुरधामका सफल युवा व्यवसायी मध्ये एक मानिन्छन् । उनले जनकपुरधाम उद्योग वाणिज्य संघमा आफ्नो कार्यकाल अवधिमा उल्लेखनीय योगदान गरेका थिए, जसले स्थानीय व्यवसाय र औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको थियो ।