द न्यूज होम
जनकपुरधाम, जेठ ७ गते । सबैला नगरपालिकाले नगरपालिका स्तरमै पहिलोपटक ठूलो संख्यामा गरिएको विज्ञापन (७२ जना) पश्चात ३२ जना योग्य शिक्षकहरू विभिन्न विषयमा नियुक्त गरेको छ ।

नगर प्रमुख कारी राम यादवका अनुसार, “स्थानीय तहमै शिक्षामा लगानी गरी संरचना सुदृढ बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो। नगर शिक्षक नियुक्ति त्यस दिशातर्फको एक महत्वपूर्ण पाइलो हो ।”

यस नियुक्ति प्रक्रियाबाट स्थानीय युवाहरूलाई रोजगारीको अवसर प्रदान हुनुका साथै शिक्षाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा लिइएको छ ।

यस महत्त्वपूर्ण प्रक्रियामा समर्पित भूमिका निर्वाह गर्नु हुने नगर प्रमुख कारी राम यादव, वडा नं. ११ का वडा अध्यक्ष सरोज यादव, प्रशासकीय प्रमुख साबिर महतो, शिक्षा शाखा प्रमुख युबराज काफ्ले तथा सम्पूर्ण कार्यपालिका सदस्यहरू प्रति विशेष आभार व्यक्त गरिएको छ ।

नगरपालिकाका अनुसार बाँकी रहेका नगर शिक्षक पदहरूमा समेत चाँडै पुनः विज्ञापन गरी नियुक्ति प्रक्रिया अघि बढाइने छ ।

यो नियुक्तिले सबैला नगरपालिकाको शिक्षा क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित र गुणस्तरीय बनाउने विश्वास लिइएको छ ।