द न्यूज होम
जनकपुरधाम,जेठ २० गते । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

मधेश प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन् । तीमध्ये बहुमत सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन दबाब दिँदै आएका थिए । यद्यपि, साहले अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको समर्थन पाएको दाबी गर्दै राजीनामा नदिने अडान लिइरहेका थिए ।

तर, केही समयअघि साहले पार्टी हितविपरीत गतिविधि गरेको उजुरी पार्टी नेतृत्वमा पुगेपछि अध्यक्ष प्रचण्डले उनलाई राजीनामा दिन निर्देशन दिएको खुलासा भएको छ ।