द न्यूज होम
जनकपुरधाम,जेठ २२ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार देशका विभिन्न भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही प्रमुख शहरहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार जनकपुरधाम, ताप्लेजुङ, विराटनगर, काठमाडौं, पोखरा, घोराही, डडेलधुरा लगायतका शहरमा आज हल्का पानी पर्ने सम्भावना देखिएको छ । लगातार बढ्दो गर्मीबीच यी क्षेत्रहरूमा वर्षाले आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ ।

मौसम महाशाखाले दिएको जानकारीअनुसार आज नेपालगञ्जमा सबैभन्दा बढी तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । गर्मीका कारण नेपालगञ्ज लगायत तराईका क्षेत्रहरूमा स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिइएको छ ।

त्यस्तै, आज राति सबैभन्दा कम तापक्रम जोमसोममा ८ डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रहरूमा चिसो अझै कायमै रहेको देखिन्छ ।

महाशाखाले बदलिंदो मौसम र सम्भावित वर्षालाई ध्यानमा राख्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र मौसम जानकारीअनुसारको योजना बनाउन आग्रह गरेको छ ।