द न्यूज होम
जनकपुरधाम, जेठ २२ गते । विभिन्न राजनीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विहिबार जनकपुरधाम आइपुगेका छन् । उनीसँगै पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि पनि जनकपुरधाममा आएका छन् ।

नेता देउवा र निधि आज धनुषाधाममा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुँदैछन् । कार्यक्रममा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य तथा नेता आनन्द ढुंगानाका पिता, शहीद ठाकुर प्रसाद ढुंगानाको शालिक अनावरण गरिने छ । साथै, शहीद ढुंगानाद्वारा लिखित पुस्तकको विमोचन पनि यही समारोहमा गरिनेछ ।

कार्यक्रमको अवसरमा धनुषाधाम बजारमा एक सार्वजनिक सभा समेत आयोजना गरिएको छ, जहाँ सभापति देउवा, नेता निधि र अन्य प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।