द न्यूज होम
जनकपुरधाम, असार १६ गते।जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेका सडक बत्तीको गुणस्तर सुनिश्चित गर्न ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले आइतबार स्वयं अनुगमन गरेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको उक्त सडकखण्डमा जडान भइरहेका बत्तीहरूको गुणस्तर, जडान प्रक्रिया र विद्युत आपूर्तिको अवस्था बारे प्राविधिक टोलीसँग सविस्तार जानकारी लिँदै मन्त्री यादवले कामको अवस्था निरीक्षण गरेका हुन्।

मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधार दीर्घकालीन रूपमा उपयोगी र भरपर्दो हुनुपर्नेमा जोड दिँदै भने, “सार्वजनिक हितमा हुने काममा कुनै पनि लापरवाही सह्य हुँदैन।” उनले अनुगमनलाई थप प्रभावकारी बनाउँदै गुनासो उठ्न नदिने गरी कार्यप्रवृत्ति अगाडि बढाइने बताए।

स्थानीय बासिन्दाले मन्त्रीको प्रत्यक्ष अनुगमनलाई स्वागत गर्दै यसले सडक बत्तीको प्रभावकारिता, सुरक्षा र पारदर्शिता बढाउने विश्वास व्यक्त गरेका छन्।

सरकारी निकायप्रतिको जनविश्वास कायम राख्न मन्त्री यादवको यस्तो सक्रियता उदाहरणीय भएको स्थानीयको प्रतिक्रिया छ।