द न्यूज होम
जनकपुरधाम, साउन ५ गते । प्रहरीको नाममा सेवाग्राहीहरूसँग रकम असुली गर्ने कार्यमा संलग्न एक व्यक्ति जनकपुरधामबाट पक्राउ परेका छन् ।

साउन ४ गते आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरव चोकमा एक पुरुषले प्रहरीको नाम प्रयोग गरी सर्वसाधारणसँग पैसा मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलबाट जनकपुरधाम उपमहानगरपालिका–८ निवासी ३७ वर्षीय सतेन्द्र कुमार साहलाई नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तो किसिमको गतिविधि गैरकानुनी र जनताको विश्वासमा प्रहार गर्ने भन्दै सतर्क रहन आग्रह गर्दै आएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।