द न्यूज होम
रौतहट, साउन ७ गते । रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर दुई किसानको ज्यान गएको छ ।

कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।

मोक्तार देवानलाई गए राति धान खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पताल लगिएको थियो तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

यस्तै, रामबाबु मुखियालाई आज बिहान करिब ७ बजेतिर आफ्नै खेतमा मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो तर चिकित्सकले उनलाई पनि मृत घोषित गरेका छन् ।

दुवै जनाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।