द न्यूज होम
जनकपुरधाम,साउन २५ गते । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित मारवाडी युवा मंच जनकपुरधामले आइतबार व्यापक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जनकपुरधाममा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै, जनकपुरधामको जनकचौकमा आयोजना गरिएको कार्यक्रममा सयौँ युवादेखि सशस्त्र प्रहरीसम्मले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

मंचका अध्यक्ष राहुल सिंहानीयाका अनुसार, समाजिक कार्यमा सधैं अग्रसर रहँदै आएको मारवाडी युवा मंचले रक्षाबन्धनको अवसर पारेर रगत संकलन गरी रेडक्रसको रक्त बैंकमा उपलब्ध गराएको हो । उनले भने, “रेडक्रसले पटक–पटक रगत अभावको जानकारी गराउँदा, हामीले यो अवसरलाई समाजसेवामा बदल्ने निर्णय ग¥यौं ।“

विहानदेखि दिउँसो १ बजे सम्म चलेको कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी जनकपुरधामलाई जिम्मा लगाइएको छ । आयोजकले यसलाई समाजिक उत्तरदायित्वको उदाहरणका रुपमा लिएको बताएको छ ।