द न्यूज होम

जनकपुरधाम,भादो ६ गते । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी प्रस्तावित नियमावलीको विरोधमा प्यावसन र एन–प्यावसनले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

विरोध कार्यक्रमअन्तर्गत निजी विद्यालयहरुले सञ्चालन गर्ने बसलाई नगरभरि चलाएर प्रस्तावित नियमावलीको विरोध प्रकट गरिएको हो ।

संयुक्त विज्ञप्ति जारी गर्दै दुबै संगठनले साउन २९ गतेदेखि भदौ ७ गतेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । यस क्रममा भद्ररूपमा आन्दोलन, सचेतना कार्यक्रम, ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया तथा छलफलमार्फत समाधान खोजिने उल्लेख छ ।

तर तोकिएको समयसीमाभित्र समस्या समाधान नभए विद्यालय बन्द गर्नेसम्मको चेतावनी दिइसकेको प्यावसन धनुषाका अध्यक्ष आशिष कुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारले शिक्षा, स्वास्थ्य र सूचना प्रविधिमा ल्याउन लागेको नियमावलीले निजी विद्यालयको अस्तित्व र विद्यार्थीको भविष्यलाई संकटमा पार्ने भएकाले आन्दोलन गर्न बाध्य भएको हो ।