कमल साह

जनकपुरधाम, चैत्र १२ । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगरपालिकामा नगर कमिटी र नगर युवा मंच कमिटी गठन गरिएको छ।

कानु समाज धनुषको पहिलो अधिवेशनले जनकपुरधाम उपमहानगरपालिकाका युवा व्यवसायी शंकर प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनको बन्द सत्रले सर्वसम्मतिबाट पाँच सदस्यीय समन्वय छनोट समिति गठन गरेको थियो, जसले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वाडामा रहेका वैश्य मध्येशिया कानु र हलवाई जातिका सक्रिय व्यक्तिहरूलाई कार्यसमितिमा समावेश गर्न मद्दत पुर्याएको छ। समन्वय छनोट समितिमा समाजका वरिष्ठ व्यक्तित्वहरू जनकपुरधाम ५ का वडा अध्यक्ष बेचन साह, पवन कुमार साह, वरिष्ठ पत्रकार कमल साह, प्राध्यापक रमेश कुमार साह र राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश प्राप्त रामबहादुर साह चयन भएका छन्।

नवगठित नगर कार्यसमितिका उपाध्यक्षमा सरोज कुमार साह, सचिवमा दिपमणि साह, सह-सचिवमा दिलिप साह र कोषाध्यक्षमा राजु साह सर्वसम्मत रूपमा चयन भएका छन्। कार्यसमिति सदस्यका रूपमा सुरेन्द्र कुमार साह, जिवछ साह, बद्री प्रसाद साह, उदय साह, दिलिप कुमार साह, दिनेश कुमार साह लगायतका व्यक्तिहरू चयन भएका छन्।

वैश्य मध्येशिया कानु र हलवाई जातिको उत्थानका लागि नगर कार्यसमिति सँगसँगै नगर कानु युवा मंच पनि गठन भएको छ। गणेश युवा कमिटीका पूर्व अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा २४ सदस्यीय युवा कार्यसमिति गठन गरिएको छ।

युवा कार्यसमितिको उपाध्यक्षमा महावीर युवा कमिटिका निवर्तमान उपाध्यक्ष अजय गुप्तालाई चयन गरिएको छ भने, सचिवमा विकास कुमार साह, सह-सचिवमा किशन साह र कोषाध्यक्षमा संजय कुमार साह चयन भएका छन्। सदस्यका रूपमा नरेश प्रसाद साह, गोविन्द साह, पारसमणी साह, सी.ए. हेमशंकर साह, राहुल साह लगायतका युवा व्यक्तिहरू चयन भएका छन्।

कानु समाज नेपाल धनुषा जिल्लाको पहिलो अधिवेशन चैत्र ११ गते सम्पन्न भएको थियो। अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी राजश्व कार्यालय जनकपुरधामका कर प्रमुख आनन्द प्र.गुप्ता थिए। विशेष अतिथिका रूपमा कानु समाज नेपालका वरिष्ठ उपाध्यक्ष रामसागर साह र ओैरही गाउँ पालिकाका उपमेयर श्रीमती पूनम साहले उपस्थिति जनाएका थिए।

उद्घाटन कार्यक्रममा प्राध्यापक रमेश कुमार साहले स्वागत मन्तव्य राखेका थिए भने, शुभकामना मन्तव्य राख्नेमा कानु समाज नेपालका केन्द्रीय सदस्य द्वय पवन कुमार साह र कमल साह, नगराईन नगरपालिका का वडा अध्यक्ष सुरजनारायण साह, मिथिला नगरपालिका का कार्यपालिका सदस्य बिन्देश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ५ का अध्यक्ष वेचन साह लगायतका व्यक्तिहरू सहभागी थिए।

यस अवसरमा झण्डै ५० जना युवा तथा विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो। समारोहको उद्घोषणा वरिष्ठ पत्रकार श्रीनारायण साहले गरेका थिए भने धन्यवाद ज्ञापन प्राध्यापक मुक्तिनाथ साहले गरेका थिए।

यस नगर कमिटी र युवा मंचको गठनले कानु समाज नेपाललाई अझ सशक्त र संगठित बनाउनेछ र समाजका प्रत्येक वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुर्याउनेछ।